FAQs Complain Problems

समाचार

चापाकोट नगरपालिकाको ११ औ नगर सभा उद्घाटन समारोह I

Read More

चापाकोट नगरपालिका नगरकार्यपालिकाको कार्यालय

Read More

स्थानीय तह सदस्य निर्बाचन-२०७९ मा निर्बाचित जनप्रतिनिधि ज्युहरु,

Read More

चापाकोट नगरपालिकाको संक्षिप्त परिचय

स्थानिय स्वायत्त शासन ऐन, २०५५ को दफा ७२ ले दिएको अधिकार प्रयोग गरि नेपाल सरकारको मिती २०७३/११/२७ को निर्णयानुसार यस नगरपालिकाको गठन भएको हो । संघियता लागु भए संगै साबिकको २०७१/०१/२५ को मन्त्रिपरिषदको निर्णय अनुसार चापाकोट, कुवाकोट र रत्नपुर गा. बि. स. मिलेर बनेको चापाकोट नगरपालिका ( जसमा १४ वटा वडा थिय ) मा पकवादी गा. बि. स. को ८ नं वडा, मल्याङ्गकोट गा. बि. स.को ८ वटा वडा, सांखर गा. बि. स. र सेखाम गा. बि. स. थपेर  गठन भएको यस नगरपालिका मा हाल १० वडा रहेका छन्। भौगोलिक रुपले सुन्दर नगरी चापाकोट नगरपालिका जसको क्षेत्रफल १२०.५९ वर्ग कि. मि. र जनसंख्या २६०४२ रहेको छ । यस चापाकोट नगरपालिकाको पुर्वमा तनहुँ जिल्ला,पश्चिममा गल्याङ नगरपालिका स्याङ्गजा, उत्तरमा हरिनाश गाउँपालिका र विरुवा गाउपालिका स्याङ्गजा र दक्षिणमा पाल्पा जिल्ला रहेकोछ । समुन्द्र सतहवाट करिव ४६५ मिटर उचाईमा रहेको यस नगरपालिकाको तापक्रम न्युनतम ६ डिग्रि र अधिकतम ३५ डिग्री सेल्सीयस रहेको छ । यस नगरको अवस्थिति ८३ डिग्री ४९ मिनेट पुर्वि देशान्तर देखि ८३ डिग्री ८२ मिनेट पुर्वी देशान्तर र २७ डिग्री ५४ मिनेट उत्तरी अक्षांश देखि २७ डिग्री ९० मिनेट उत्तरी अक्षांश फैलिएको छ । बिद्युत , खानेपानी, यातायात, शैक्षिक संघसंस्था र संचारको विकाश सामान्य रुपमा रहेको यस चापाकोट नगरपालिकाको केन्द्र साविक चापाकोट नगरपालिकाको गा.वि.स केन्द्र मा रहेको छ । विश्वको एकमात्र शालिग्राम पाईने कालिगण्डकी नदि यसै नगरपालिकाको दक्षिणी बाटो भएर वग्दछ उत्तर तर्फ ज्याग्दी खोला कलकल बगेको छ जसमा ज्याग्दीको सभ्यता लुकेको छ । सांस्कृतिक र पर्यटनको प्रचुर सम्भावना बोकेको भएतापनि पक्कि मोटरवाटो हुन नसकेको यस नगरपालिकामा अहिले करिव ५ किलोमिटर भन्दा बढि कालोपत्रे सडक वनिसकेको छ । अधिकांश भुभाग तराई जस्तो समथर रहेता पनि यस क्षेत्रमा उचित सिचाई तथा खानेपानिको अभावले कृषिजन्य क्षेत्रको उत्पादनशिलमा प्रभावकारिता ल्याउन सकिएको छैन यद्यपी यो विषयमा उल्लेख्य रुपमा सुधार भएको छ 

 

के तपाईले चापाकोट नगरपालिकालाई तिर्नु पर्ने कर तिर्नु भयो । समयमै कर तिर्नुहोस् जरिवाना वाट वच्नुहोस् । नगरपालिका क्षेत्र भित्र घर, टहरा, कम्पाउण्डवाल, निर्माण गर्दा नगरपालिकाले निर्धारण गरेको सडक मापदण्ड छाडेर मात्र निर्माण गर्नु होला, तपाईको सुझाव र सल्लाहको अपेक्षा गरिएको छ । कर तिरेर नगर विकासमा तपाईको योगदानको अपेक्षा गरिएको छ ।

Pages

जनप्रतिनिधि

पदाधिकारी

Services

सेवा प्रकारः- अन्य
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नक्सा पास गरेको घरको लागि नयाँ जडान रु. १०००, नक्सा पास नगरेको अस्थायी घरको लागि रु. २०००, विद्युत नामसाारी सिफारिस रु. ५००
आवश्यक कागजातहरुः-
  • सम्बन्धित व्यक्तिको निवेदन
  • घर नक्सापास प्रमाणपत्र
  • चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण
  • नामसारी गर्नुपर्ने भएमा दुवैको प्रमाणहरु पेश गर्नुपर्ने ।
सेवा प्रकारः- अन्य
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २
आवश्यक कागजातहरुः-

१) निवेदन

२) पेन्सन पट्टा

३) सम्बन्धित व्यक्तिहरुको नागरिकताको प्रमाणपत्रहरू

४) स्थानीय सर्जमिन मुचुल्का

५) चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद

सेवा प्रकारः- अन्य
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

आबश्यक कागजातहरु :

  • बाबुआमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निबेदन पत्र
  • जन्मदर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • चालु आ.ब सम्मको सम्पूर्ण कर तिरेको रसिद, गर्भवती महिला निवेदक भएमानियमित जाच/खोपको प्रमाण
  • नाबालक अनिबार्य रुपमा उपस्थित हुनुपर्नेदुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
सेवा प्रकारः- प्राबिधिक
सेवा समयः- प्रक्रिया पुरा गरी नक्शा पेश भएको दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- न्युनतम रु.५००/-, र भुई तलाको
आवश्यक कागजातहरुः-
  • निबेदन
  • सम्बन्धित ब्येक्ति को नागरिकता प्रतिलिपि
  • घर निर्माण को लागि नगरपालिकाको अनुमतिजग्गाको जग्गा धनि प्रमाणपत्र,ट्रेस नक्शा 
  • तोकिएको ढाचा र मापदण्ड अनुसार तयार गरिएको 
  • घर नक्शा २ प्रति 
  • घर नक्शा बनाउने प्राबिधिकबाट नक्शा पासको सिफारिश 
  • चालु आर्थिक बर्षमा नगरपालिकालाई घर बहाल कर,ब्यबसाय कर र जग्गाको तिरो तिरेको रसिद 
सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा कार्यालयका वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३ रोपनी सम्म रु.३०० /- सो भन्दा माथि प्रतिरोपनी थप रु.७५/-
आवश्यक कागजातहरुः-
  • निबेदन 
  • आवश्यकताका आधारमा सर्जमिनको मुचुल्का 
  • जग्गाधनि लालपुर्जा को प्रतिलिपि
  • नागरिकताको प्रतिलिपि
  • जग्गाको कित्ता खुलेको नापीबाट प्रमाणित ट्रेस नक्शाको प्रतिलिपि
  • स्थानीय लाई तिर्नुपर्ने घर बहाल कर,जग्गाको तिरो तिरेको निस्सा तथा व्यबसाय कर तिरेको 
सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा कार्यालयका वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु.२००
आवश्यक कागजातहरुः-
  • नाता कायम गर्नेहरु बिचको नाता प्रस्ट खुल्ने नागरिकताको प्रमाणपत्र को प्रतिलिपि 
  • २/२ प्रति फोटो 
  • अन्य जिल्ला बाट बसाईसराई गरि आएको भए बसाई दर्ता 
  • जन्म दर्ता ,बिबाह दर्ता को प्रमाणपत्र 
  •  
सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालयका वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु.२००
आवश्यक कागजातहरुः-
  • बुबा,आमा वा पतिको नागरिकताको प्रमाणपत्र 
  • उमेर खुलेको शैक्षिक योग्यताको प्रमाणपत्र
  • बिबाह दर्ताको प्रमाणपत्र 
  • बुबा वा पतिको नागरिकता 
  • अन्य जिल्लाको भए बसाईसराई को प्रमाणपत्र 
  • जन्म दर्ता तथा जन्म प्रमाणित कागत 
  • स्थलगत  सर्जमिन मुचुल्का 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क ,सो पश्चात रु.१०० /-
आवश्यक कागजातहरुः-
  • बुबा आमाको नागरिकता को प्रमाणपत्र 
  • सूचकको नागरिकताको प्रमाणपत्र 
  • आवश्यकता अनुसार बिबाह दर्ता 
  • अन्य जिल्लाको नागरिकता भए बसाईसराई 

जानकारी